समाचार

उपत्यकाको आजको तापक्रम यो वर्षकै कम



काठमाडौँ, २० मङ्सिर । काठमाडौंको तापक्रम बिहीबार बिहान यो वर्षकै कम मापन गरिएको छ ।

बिहीबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ ।