मनोरञ्जन

श्रृंखलाद्वारा चेपाङ गाउँमा हेल्थपोष्ट (भिडियो सहित)



काठमाडौं, २० मंसिर ।  मिस वर्ल्ड २०१८को नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड जित्दै फाइनलमा प्रबेश गरेकी छिन ।

चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा उनले ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।

उनले मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्य गरेर हेल्थपोस्ट तयार पारेकी छन् ।

जुन गाउँ गरिबी र अशिक्षाले आक्रान्त छ । साथै यहाँ बिजुली, पानीलगायत कुनै पनि आधारभूत सुविधा छैनन् । यहाँका गाउँवासीहरुको अवस्था दर्दनाक छ । हरेक परिवारमा कम्तिमा पाँच–५ छोराछोरी जन्मिने । उनीहरुमध्ये अधिकांस कुपोषणले ग्रस्त । बालबालिका शिक्षादिक्षाबाट पनि टाढा छन् । सबैको हेरविचार गर्न बाबुआमाले नभ्याउने भएकाले बच्चाहरुले नै आफूभन्दा साना बच्चा हेर्नुपर्ने ।

श्रृंखलाले गाउँवासीहरुको सबै कुरा बुझेर उनले स्वास्थ्योपचारको समस्या पता लगाएर उनले हेल्थ पोष्ट भवन बनाउन स्थान छनोट गरिसकेकी थिइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरिन् । ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्यहरुमा व्यस्त भइन् । ५० लाख रुपैयाँ नेपालीहरुबाटै जम्मा गरिन् ।

हेल्थ पोष्टको पहिलो दिन १० जना विभिन्न विधाका डाक्टरहरु लगेकी थिइन् । हेल्थ क्याम्पमा २ सय ७० जना बिरामी आए । ७० थरीका औषधि निशुल्क वितरण गरिए । कतिपय अशक्त बिरामीहरु डोकोमा बोकिएर आएका थिए ।

भिडियो