बारा, २१ मङ्सिर । जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका ३ बाट उनीहरुलार्इ लागु औषधसहित काठमाडौँ लान लागेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महानगरपालिका काठमाडौँ महानगरपालिका १२ का १९ वर्षी लाक्पा शेर्पा र वीरगन्ज वडा नं। ३२ बस्ने वर्षीय ५० वर्षी नैमुदिन अन्सारी रहेका छन् । उनीहरूको साथबाट डाईजेल्याव इन्जेक्सन १५०,फेनार्गन इन्जेक्सन १५० र नुर्फिन इन्जेक्सन १५० गरी जम्मा ४५० पिस इन्जेक्सन बरामद गरेको छ ।
दुवै जनालाई बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्