काठमाडौं, २१ मंसिर । फ्राइडे रिलीज अन्तर्गत फिल्म ‘प्रसाद’ ले प्रदर्शन आरम्भ गरेको छ । एकल रिलिज पाएको फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
दिनेश राउतले निर्देशन गरेको फिल्म प्रसाद’लाई सुशील पौडेलले लेखेका हुन् । अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावको कथा रहेको जनाइएको छ ।
फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत लगायतका कलाकारहरु रहेका छन । फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ । मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ ।
प्रतिक्रिया दिनुहोस्