राजनीति

भूमिसम्बन्धी कानुन निर्माणका लागि मन्त्रालयसँग छलफल हुदै : मन्त्री अर्याल



काठमाडाैं, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी कानुन निर्माणका लागि मन्त्रालयसँग छलफल भैरहेको बताएको छ ।

काठमाडौंमा आयोजित आज साक्षात्कार कार्यक्रममा उनले भूमिसम्बन्धी आवश्यक कानुन निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भइरहेको बताएको हो ।

मन्त्री अर्यालले सुकुम्बासी समस्या लागि शक्तिशाली आयोग बनाउने मन्त्री अर्यालको योजना रहेको छ । समाधानमा आफू केन्द्रित रही अव्यवस्थित बसोबास, जोखिमयुक्त बस्ती व्यवस्थापनको कामलाई पनि ध्यान दिने बताएकी छन ।