समाचार

पाँच वर्षीया बालिका बलात्कृत



अर्घाखाँची, २१ मंसिर ।  अर्घाखाँचीको शितगंगा नगरपालिकामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छीन ।

बालिकालाइ बलात्कार गरेको आरोपमा  स्थानीय  ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । स्कुल सकिएपछि घर फर्किने क्रममा थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी जनाएको छ ।

घरमा नआएपछि खोजतलासको लागि गाँउतिर जाँदा बालिका रुँदै आउन लागेको भेटेको बालिकाका बाबुले बताए । उनीहरुले छोरीसँग सोधपुछ गर्दा र शरीर जाँच गराउँदा बलात्कार भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।