काठमाडौँ, २३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको सिण्डिकेटको अन्त्य वर्तमान सरकारले तत्तकालै गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज सम्बोधन गदै उहाँले व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको बताउनुभयो ।
उहाँले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताउनुभयो । मन्त्री थापाले यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उहाँले जानकारी गराउनुभयो । गृहमन्त्री थापाले सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको बताउनुभयो ।
चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्