समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



काठमाडौँ, २३ मङ्सिर । टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका गोरखाका सुवास सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । चालकले मदिरा सेवन गरी मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।