राजनीति

अन्तरप्रदेश परिषद बैठक बस्दै



काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज अन्तरप्रदेश परिषद बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न बैठक बोलाइएको हो ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी हुनेछन् । मुख्यमन्त्रीहरुले आ-आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् ।

संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि आजको अन्तरप्रदेश परिषद बैठकलाई महत्वपूर्ण मानिएको छ ।