समाचार

बम बिस्फोट हुदा २ जना घाइते



सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुदा २ जना घाइते भएका छन् ।

भगवानपुर गाँउपालिका बडा नं ४ ठाढीमा आइतबार भएको बम बिस्फोटमा स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव सामान्य घाइते भएको प्रहरीले बताएका छन ।

उनिहरु खोलामा शौच गर्न जादा बेबारिसे अबस्थामा राखिएको झोला कोट्याउँदा विस्फोट भएको बताएका छन । बिस्फोटबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।