सम्पादकीय

नेपालीको औसत आयु ८२ वर्ष



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २१०० सालसम्मको दीर्घकालीन आधारपत्र तयार पारेको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को सोचअनुरूप राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरूको सूची, नेपाल सरकारका सान्दर्भिक विद्यमान नीति, नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीलाई आधार बनाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सोचको आधारपत्र तयार गरिएको मन्त्रालयले जनाएको छ ।

दीर्घकालीन आधारपत्र तयार गर्नुको मुख्य लक्ष्य स्वस्थ, सबल र उत्पादनशील नागरिक तयार गर्ने रहेको मन्त्रालयले बताएको छ । आधारपत्रको नारा ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’ रहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।