काठमाडौं, २४ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ ।
मानव तस्करीको आरोप लागेकी शेर्पा नेपाल आइ उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् ।
वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले उक्त आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो ।
मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको जनाइएको छ । स्पष्टीकरणमा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।










प्रतिक्रिया दिनुहोस्