समाचार

पाँचथरमा करेण्ट लागेर १ जनाको मृत्यु



पाँचथर, २४ मंगसिर ।  पाँचथरको सदरमुकाम फिदिममा करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४४ बर्षीय को श्याम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतवार राती साढे ११ बजे राई शौच गर्नको लागि बिजुली बत्ती बाल्ने क्रममा एमसिबी छुदा अचानक करेण्ट लागेको थियो ।

शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको प्रहरी जनाएको छ ।