एजेंसी, २५ मंसिर । भारतको पाँच राज्य मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ ।
पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका अगाड़ी रहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् ।
राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ ।
त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ ।
मिजोरम ४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ ।
छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्