झापा, २५ मंसिर । झापाको दमक चोकमा आज भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो
दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्