काठमाडौं, २६ मंसिर । आज बुधबार पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको मौसमविद्ले जनाएको छ ।
बुधबार मध्य र पश्चिमको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् भनाइ छ । काठमाडौंको बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको तापक्रम मंगलबार ४ डिग्री मापन गरिएको थियो । यस्तै जुम्लाको तापक्रम माइनस ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव ८ डिग्री र जीरीको माइनस शून्य दशमलव ५ डिग्री पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्