महोत्तरी, २६ मंसिर । महोत्तरीको फुलबरियामा एक व्यक्ति मृत अबस्थामा फेला परेका छन् ।
बुधबार बिहान घरबाट करिब एक किलोमिटर टाढा स्थानीय ४० वर्षीय बेचु महतो उँखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरुले राति १२ बजेतिर महतोलाई नदेखेपछि खोजी सुरु गरेका थिए । छिमेकी र आफन्तहरुलाई भेला पारेर खोजतलास गर्दा पनि नभेटिएपछि बुधबार बिहान ३ बजेतिर प्रहरीमा खबर गरेका थिए । उनको घाँटीमा हल्का चोट देखिएको छ ।
उनको मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्