Banner News

अध्यक्ष प्रचण्डद्वारा संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता



काठमाडौं, २७ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढने बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको स्पष्ट पारेका छन ।

उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको बताए ।