दाङ, २७ मङ्सिर । लमही नगरपालिकाको वडा नम्बर ९ मा स्कारपियो र वस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा१२च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर उपचार भैरहेको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी मानबहादुर केसी, विमला खत्री, बिश्वनाथ अधिकारी, प्रविण केसी, दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् ।










प्रतिक्रिया दिनुहोस्