समाचार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



कालिकोट, २७ मंसिर । कालिकोट पिलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मान्मबाट जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लक्ष्मण सुनार र दिपक मल्लको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरेहेको प्रहरीले जनाएको छ ।