समाचार

भारी हिमपातका कारण एफएम रेडियो बन्द



बझाङ, २७ मंसिर  ।  गयराती बझाङमा पानी परेसँगै हिमाली क्षेत्रमाहिमपात सुरु भएको हो ।

बझाङका हिमाली क्षेत्र छबीसपाथीभेरा, साइपाल र  सुर्मा गाउँपालिकामा हिमपात भएको छ ।  सो ठाउमा सबै एफएम स्टेसनहरु बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् ।

साथै नेपाल टेलिकमको सेवामा समेत समस्या उत्पन्न भएको र हिमपातका कारण बाँता र केदारको टावरमा राखिएका सोलार ब्याट्रीहरु चार्ज नभएका कारण नेटवर्क आउने र जाने समस्या भएको जनाएको छ ।