समाचार

आगलागीमा परी एकै घरका तीनको मृत्यु



लमही, २८ मङ्सिर । दाङ जिल्लाको बङ्गलाचुली गाउँपालिका–८ गुराँसेमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आगलागीका कारण नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।