काठमाडौँ, २९ मङ्सिर । उपत्यकामा आजको तापक्रम यो वर्षकै न्युन मापन गरिएको छ ।
शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । शुक्रबार ३ दशमलव २ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शनिबार अझै घटेको हो ।
दिउँसो उपत्यकाको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसम विभागले जनाएको छ । दिउँसो देशभरीकै मौसम सफा भए पनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्