समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात : जनजीवन कष्टकर



नेपालगञ्ज, २९ मङ्सिर । सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबारदेखि परेको भारी हिमपातले जनजीवन कष्टकर बन्दै गएको छ ।

बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौर, बाजुरा, बैतडी, दार्जुला, अछाम, डढेल्दुरा, डोटीका विभिन्न पहाडी क्षेत्रमा दुई दिनदेखि हिमपात भइरहेको छ । बझाङको साइफाल, सुर्मा, छ विसपाथा चेरा, खप्तड छाना गाउँपालिका, बंगोल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर पारेको छ ।

चिसो बढेपछि ती स्थानका विद्यालय बन्द गरिएका छन् भने स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ । कतिपय स्थानीय चिसो छल्न अओल झर्ने तयारीमा रहेका छन ।