काठमाडौं, २९ मंसिर । नेपालको पहिलाे ‘द भ्वाइस अफ नेपाल’ सिडि विजय अधिकारी भएका छन ।
शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् ।
४ जना फाइनलीस्टहरुमा कोच दिपको समुहबाट सिडि बिजय अधिकारी, कोच अभयाको समुहबाट कुशल आचार्य, कोच सनुपको समुहबाट सप्तक दुतराज र कोच प्रमोदको समुहबाट सिर्जय थपलीया रहेका थिए ।
‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्