सम्पादकीय

दुर्घटनामा २० जनाले ज्यान गुमाएपछि शोकमा सिंगै गाउँ



नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ । मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए। सिसिपुकै १५ जना अंगभंग भए ।

एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन् । शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन । उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको छ ।

यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन्। त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ । कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।