दाङ, १ पुस । दाङमा माछा निकाल्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार लमही नगरपालिका–३, टिकुलीगढमा चिसोले मरेको माछा निकाल्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय कुलबहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पोखरीको पानी पम्पसेटबाट निकाली पोखरी खाली गरी उनको शव निकालिएको र शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्