राजनीति

कांग्रेस महासमितिको बन्दसत्र : कार्यसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल



काठमाडौँ, १ पौष । शनिवारदेखि सुरु भएको कांग्रेस महासमिति बैठकको बन्द सत्र शुरु भएसँगै केन्द्रीय कार्यसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल गर्न तीन दिनसम्म उक्त बन्दसत्र चल्नेछ । बन्द सत्रले विधानको विषयमा महासमितिले आधार तय गर्ने बताइएको छ ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका छन् ।