बुटवल, २ पौष । नवलपरासीमा चेलिबेटी बेचबिखनमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जीवन बिकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पक्राउ गरेको जनाएको छ ।
उनीहरूले दुई महिलालाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर भारतमा बेचबिखनका लागि लैजान लागेको थिए । सीमा महेशपुरबाट माइती नेपालको सहयोगमा दुई महिलाको उद्धार गरिएको थियो । उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्