काठमाडौं, २ पौष । ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई हिमालयन शेर्पा क्लबले पराजित गरेको छ ।
आज सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरे ।
हिमालयन शेर्पा तालिकाको छैटौ स्थानमा पर्न सफल भएको छ । उसले ९ खेलबाट १४ अंक जोडेको छ ।










प्रतिक्रिया दिनुहोस्