काठमाडौं, २ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता बामदेव गौतमको फरक मतमाथि छलफल हुने बताइएको छ । शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको अध्यक्षद्वयको प्रतिवेदनमा गौतमले ८ बुँदे फरक मत राखेका छन ।










प्रतिक्रिया दिनुहोस्