राजनीति

काँग्रेस महासमिति बैठक स्थगित



काठमाडौं, २ पौष ।  शीर्ष नेता उपस्थिति नभएपछि काँग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ ।

शीर्ष नेताहरु विहानैबाट आपसी छलफलमा लागेपछि बैठकमा समयमै सहभागि हुन नसकेको बताइएको छ । दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको जनाएका छन ।

विधान मस्यौदामा संस्थापन पक्ष र बरिष्ठ नेता पौडेल पक्षबीच पदाधिकारीको संख्याका विषयमा सहमति भएपनि निर्वाचन प्रकृयाकाबारेमा सहमति जुटेको छैन ।