काठमाडौँ, ४ पौष । काठमाडौँको तिलिङ्गाटारमा आज बिहान सवारी दुर्घटनामा हुदा १ जनाको मृत्यु भएको छ ।
बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्