शिक्षक सेवा आयोगमा पुनर्योग गर्नेको भीड लागेको छ ।
केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनर्योग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनर्योगका लागि निवेदन दिनुपर्ने हुन्छ । उनले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनर्योग गर्नेको सङ्ख्या बढेको बताए । खबर आजको नेपाल समामचारपत्रले छापेको










प्रतिक्रिया दिनुहोस्