एजेन्सी, ५ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गर्दै फेसबुकमा सन्देश पोष्ट गरेको भन्दै भारतीय प्रशासनले एक पत्रकारलाई एक वर्षको जेल सजाय सुनाएको छ ।
गएको महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका ३९ वर्षीय टेलिभिजन पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन गरेको भन्दै सजाय गरिएको हो । उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।
वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री वीरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्