नवलपरासी, ५ पौष । नवलपरासीको कावासोती –१४ मा काकडभिट्टाबाट बुटवलका लागि छुटेको बस अनियन्त्रित भई दुर्घटना भएको छ ।
विहीबार बिहान कावासोती १४ मा पर्ने झिनकी भणरिनिया खोलामा ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस खोलामा खसेको हो । ।
बसमुनी केही यात्रु च्यापिएको साथै २० जना घाइते भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्