छोम्रोङ, ५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले आफु जहिले पनि जनताको सेवक भएको र आफ्नो सम्पूर्ण जीवनकाल खण्ड जनताको सेवामा नै रहने भन्दै आफ्नो कार्य मन नपरे आफुलाई जनताले फेर्न सक्ने बताउनुभएको छ ।
‘१७ औं सेन्चुरी ल्होसार मेला’को उद्घाटन गर्दै सासद पहारीले ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपालीको चाड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरुको शुभेच्छा र महत्वपूर्ण भोट पाएर चुनाव जिते । तपाईंहरुको सेवा गर्न भनेर आएको हुँ, सेवक भनेको सेवा गर्ने हो । सेवक ले सेवा नै नगरे के काम ? यदि मैले सेवा गर्न सकिन भने । मलाई फेर्न पनि सक्नुहुन्छ ।’
‘हाम्रो देश ४ जात ३६ वर्णको फूलबारी हो, उहाँले भन्नुभयोे, ‘सबैले सबै जाति प्रति सद्भाव राख्नुपर्छ ।’ उहाँले गुरुङहरुको सँस्कृति झल्काउँने म्युजियम स्थापना गर्न आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । उहाँले त्यसको लागि आफूँ सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गुर्नभयो ।
सांसद पहारीले आफ्नो क्षेत्रको विकासका लागि ५ करोड ३० लाखको बजेट छुट्याएको जानकारी दिए । ‘यो सबै पर्याप्त त छैन, उहाँले भन्नुभयो, तै पनि विकास निमार्णको महत्वपूर्ण फड्को हो ।’ यस क्षेत्रको विकासका निम्ति सधैं लागि पर्ने उहाँको भनाई थियो । विकासको निम्ति पहल गरेको भन्दै स्थानीयले उहाँलाई सम्मान समेत गरेका थिए ।
गुरुङ समुदायको महान चाड ‘ल्होसार’ नजिँकिदै छ । धुमधामसँग ल्होसार मनाउँने तयारी गरिदैं छ । ल्होसारको शाब्दिक अर्थ हो, ‘ल्हो’ वर्ग, ‘सार पालुवा । यसर्थमा वर्ग फेरिएर नयाँ वर्गमा प्रवेश गर्नु ल्होसार हो । कुकुर, चरा, मृग आदि गरि १२ वर्ग रहने प्राचिनकाल देखिको विश्वास छ । ल्होसारमा कुकुर वर्गबाट मृग वर्गमा प्रवेश गरिने प्राचिन भनाई छ । नेपाली र अङ्ग्रेजी नयाँ वर्ष जस्तै ल्होसार पनि गुरुङ समुदायको नयाँ वर्ष हो । यस्तै, ल्होसारको छेको पारेर अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा मेलाको आयोजना गरिएको छ । । ल्होसारलाई जोगाइ राख्न मेलाको आयोजना गरेको आयोजकको भनाई छ ।
मेलामा विभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुलाई सक्रिय बनाउँन पनि मेलाको आयोजना गरेको आयोजकको भनाई छ । मेलामा पुरुष बास्केटबल, महिला तथा पुरुष भलिबल, प्रौढ भलिबल जस्ता खेलको आयोजना गरिएको छ । बास्केटबल तर्फ प्रथम पुरस्कार ६० हजार द्वितिय पुरस्कार ४० हजार, त्यसैगरि भलिबल महिलातर्फ प्रथम पुरस्कार ५० हजार द्वितिय पुरस्कार ३० हजार तोकिएको कार्यक्रमका संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्