चितवन, ५ पौष । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा बाहिर थुप्रै तितामीठा गरी आए पनि बैठकभित्र सौहार्दपूर्ण र खुलेर छलफल भइरहेको बताउँदै बैठकले राज्य संचालनमा नयाँ योजना सार्वजनिक गर्ने बताउनुभयो ।
उहाँले समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।’ विगतमा झैँ आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो ।
उहाँले विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षाको अन्त्यको लागि पहल गरिरहेको भन्दै भन्नुभयो, ‘प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ ।’










प्रतिक्रिया दिनुहोस्