पोखरा, ५ पौष । युवा संघ नेपालका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले बर्तमान सरकारले देश निर्माण र समृद्धिको लागि जग निर्माण गरिसकेको बताउँदै अब देश विकासको तला थप्दै जाने बताउनुभएको छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका – ६ हाइजुङ्ग स्थित ‘श्री ज्ञानोदय आधारभुत विद्यालय’को रजत जयन्ती समारोह उद्घाटन सांसद पहारीले देश संघियताको कार्यान्वयनको चरणमा रहेको बताउँदै देशमा ३ तहको सरकार पहिलो अभ्यास भएको बताउनुभयो ।
देश विकास र समृद्धिमा सवै नेपाली राजनैतिक दल तथा जनता एकढिक्का हुनुपर्ने भन्दै उहाँले प्रतिपक्षिदल लगायतका दलले सरकारले केही गरेन भनि सरकारको आलोचना गर्दै समय वर्वाद गर्नुभन्दा त्यो समय विकास निर्माणका कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँल भन्नुभयो, ‘कहिलेकाही मन परेको जुत्ता छानेर लगाउँदा पनि दुई/चार दिन डस्छ, त्यसैले सरकारले अहिले नै केही गरेन भनेर भन्नू उचित छैन ।’
नयाँ पुलदेखि घान्द्रुकसम्मको बाटोलाई २ करोड १० लाख र लुुन्द्रेदेखि लान्द्रुकसम्मको बाटोलाई १ करोड छुट्याइएको जानकारी गराउँदै सांसद पहारीले भन्नुभयो, ‘सकेसम्म पिच गर्ने लक्ष छ, नत्र बाटोको स्तारोन्नति हुन्छ ।’
सोही कार्यक्रममा उनलाई विद्यालय व्यवस्थापन समितिले १० बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । शिक्षक दरबन्दि, युरोगार्ड, कम्प्युटर लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ । ज्ञापनपत्र बुझ्दै सांसद पहारीले सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्दता व्यक्त गुर्नभयो । ‘बोलिमा होईन व्यवहारमा सहयोग गर्ने छु, ‘तपाईंहरुकै अमुल्य शुभकामना र आर्शिवाद र शुभकानाले चुनाव जिते । तपाईंहरुको गुनासो नसुनेर कस्को सुन्ने ?’ उहाँले भन्नुभयो । त्यस्तै उहाँले १ हप्ता भित्रमा १ सय विद्यार्थिलाई पुग्ने युरोगार्ड अनुदान दिने घोषणा गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्