बेनी, ६ पौष । म्याग्दी सदरमुकाम बेनीको न्यूरोडस्थित विक्रम विकको घरमा आगलागी भएको छ ।
विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान करिव ८ बजेदेखि आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी परि नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो ।










प्रतिक्रिया दिनुहोस्