काठमाडौँ, ६ पौष । काठमाडौँको पानीपोखरीबाट चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु काभ्रेका प्रज्वल तामाङ, रामेछापका अनिल तामाङ, मकवानपुर राजिव देउला र दोलखाका निमा तामाङ रहेका छन ।
महानगरिय प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले चोरीको सामानसहित राति ८ः३० बजे उनिहरलाई पक्राउ गरेको जनाएको छ ।उनीहरुको मासु काट्ने हतियार, ल्यापटप, मोबाइल साथै घरको ढोका फोर्न प्रयोग गरिने औजार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुबाट चोरी गरी लुकाई राखेको समान तथा नगत ६६ हजार पाँच सय ७५ रुपैयाँ, ल्यापटप ३ थान, मोबाइल ९ थानसँगै एउटा आइफोन, ढलोटको मूर्ति १ थान, सुनको जस्तो देखिने औठी १ थान, सुनको जस्तो देखिने तिलहरी, १ थान, चाँदीको पाउजु २ थन, घर फोर्ने औजार पेचकस ५ थानलगायत सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्