राजनीति

नेकपा अध्यक्ष द्वय ओली र प्रचण्डले जवाफ दिने



काठमाडौँ, ६ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको उत्तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले जवाफ पर्सि दिनु हुनेभएको छ ।

शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका आफ्नो कुरा प्रस्तुत गर्नुभएको छ । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले आफ्नो धारणा प्रस्तुत गरिसकेका छन् ।