समाचार

आज वर्षको सबैभन्दा छोटो दिन



एजेन्सी, ६ पौष । आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मान्ने गरिन्छ ।

वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । लामो दिन सुरु भइ अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।

गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।

‘अहिले सूर्य स्थिर छ’ किनभने सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिनेछ । यो एक खगोलीय घटना हो र आज बेलुकी नेपाली समयानुसार चार बजेर ८ मिनेट मा हुनेछ ।