समाचार

भूकम्पको धक्का : स्थानीयवासी त्रसीत



काठमाडौं, ८ पौष  । आइतबार बिहान ५ बजेर ६ मिनेटमा  ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।