काठमाडौँ, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका रा जनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।
आईतबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी स्थायी समितिको बैठकमा नेता प्रदीप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो । छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिन अध्यक्षद्धयको कार्यव्यस्तताका कारण अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको छ ।
अपरान्ह पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्