काठमाडौँ, ८ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको महासमितिको बैठकले सरकारले भ्रष्टचारलाई संरक्षण गरेको भनदै सरकारको अधिनायकवादलाई अन्त्य गरेरै छोड्ने निश्कर्ष निकालेको छ ।
कांग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको र राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गरिरहेको कांग्रेसको समेत आरोप लगाएको छ । ‘यो सरकार प्रमुख विपक्षी दल र अन्य दलहरुले उठाएका राष्ट्रिय सरोकारका मुद्दा र जन–सरोकारका विषयहरु, संवैधानिक व्यवस्था र कानूनी व्यवस्थाका प्रावधानहरु पालन गर्न उठाइएका विषयहरुलाई घोर उपेक्षा गर्दैछ’ कांग्रेसले भनेको छ, ‘सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटका साथ महासमिति बैठक सरकारलाई सचेत गराउन चाहन्छ ।’
बुढीगण्डकी जलविद्युत आयोजना विनाप्रतिस्पर्धा विवादास्पद रुपमा गेजुवालाई दिएको भन्दै निर्णय बदरको माग गरेको छ । त्यस्तै सरकार राज्य संरचनालाई पार्टीकरण गर्ने अभियानमा लागेको र संवैधानिक निकायहरुलाई कार्यकारिणीको छायाँका रुपमा काम गर्न दबाव दिएको भन्दै बन्द गर्न माग गरेको छ ।
कांग्रेसले सरकार व्यक्तिगत निहीत स्वार्थका आधारमा जथाभावी विदेशी ऋण स्वीकार्ने बाटोमा हिँडेको समेत आरोप लगाएको छ । काग्रेसले कालोबजारी, महंगी, असुरक्षाका कारण लगानीको वातावरण खस्किएको, विदेशी लगानी घटेको तथा स्वदेशी पुँजी पलायन निश्कर्ष निकालेको छ ।










प्रतिक्रिया दिनुहोस्