काठमाडौँ, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनैपनि धर्मसँग जोडेर नेपाली कांग्रेसले राजनीति गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।
उपत्यकाबासी संयुक्त ख्रिष्टजन्मोत्सव २०१८ को उपलक्ष्यमा काठमाडौँमा आयोजीत शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले संविधानत नेपाल धर्मनिरपेक्ष भइसकेको अवस्था पनि प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले जवरजस्ती धर्मसँग जोडेर राजनीति गर्ने प्रयास भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको महासमितिको बैठकमा हिन्दुराज्य बनाउनुपर्छ भन्ने बहस हुनु आम नेपाली जनताको धार्मिक स्वतन्त्रतामाथि खेलवाड गर्ने प्रयास शुरु गरेको बताउनुभयो ।
नेपाल समाजिक सद्भाव उच्च रहेको देश भएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नेपाली बहुजाती, बहुसंस्कृति, बहुपरम्परा भएका समुदायका मानिसहरु एक आपसमा मिलेर बासोबास रहेकोले अवका दिनमा कुनै पनि धार्मिक राज्यको कल्पना गर्न नसकिने बताउनुभयो ।
नेपालमा विकृति, विसंगतिजन्य भावना सदाको लागि अन्त्य हुनुपर्ने बताउँदै सांसद बस्नेतले नेपाललाई संविधानत कुनै एक धार्मिक मुलुक लेखाउन सकिन्छ कि भावना सदाको लागि अन्त्य गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘धर्मको कुरा बेचेर दुई चारहजार भोट बढाउन खोजेको हो भने कुनै अपत्ती छैन तर धर्मलाई राजनीतिको दाउपेचको विषय बनाउनुहुँदैन । राजनीतिमा आफु अग्लो भएर राजनीति गर्ने हो अरुको खुट्टा काटेर हैन ।’
सांसद बस्नेतले नेपाली कांग्रेस लगायतका केही राजनैतिक दल तथा केही मिडियाले सरकारको आलोचना गर्न सवै हतियार बन्द भईसकेपछि धर्मको माध्यमबाट सम्भव हुन्छकी भनि गलत बोटोको खोजी गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्मको नाममा गलत मनसाय, गलत चेतना, गलत भावना बोकेका राजनीतिक कर्मी तथा कतिपय मिडियाले सरकारको ओलोचना गर्ने बहाना बनाउने बाटो खोजी गरेको र त्यसलाई सवै जनताले प्रत्यक्ष रुपमा निगरानी गरिरहेकाले त्यो धेरै दिन टिक्दैन ।’
नराम्रो र गलत मनसायका साथ सोधिएको उत्तर दिन जरुरी नभएको भन्दै उहाँले कतिपय अवस्थामा नेपालमा जात, धर्म, संस्कृति लगायतका कुराहरुबाट हुने विभेद रहेको र त्यस्ता विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सहिष्णुता भएको नेपाली समाजमा असहिष्णुता भएको नेतृत्वका कारण गलत मनोसायका अभिव्यक्ति दिने गरेको उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्