समाचार

हत्यारा जतिसुकै शक्तिशाली भएपनि समातिन्छ : आईजीपी खनाल



काठमाडौं, १० पौष । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि समातिने बताएका छन ।

आज सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको छ ।  गलत जसले गरेको छ उ जतिसुकै शक्तिशाली भएपनि समातिन्छ ।  प्रहरी माथि शंका नगर्नुस् ।’

अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताउदै प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको भन्दै उनले दोषीलाई कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन।