विश्व

भारतमा “अग्नी—चौथो” परमाणुको परीक्षण



एजेन्सी, १० पौष ।  भारतले सफलतापूर्वक अग्नी–चार नामको परमाणु क्षेप्यास्त्र परीक्षण गरेको  छ ।

उक्त क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।