समाचार

३ दिन सार्वजनिक विदा



काठमाडौँ, १० पौष । तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अबसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

उक्त ‘गाउँपालिका भित्रको सबै सरकारी निकाय र शैक्षिक संस्थाहरुलाई आगामी माघ २१, २२ र २३ गते विदा दिने निर्णय गरेको अध्यक्ष डि.बी. लामाले बताएका छन ।

७० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको रोशी गाउँपालिकामा सोनाम ल्होछारलाई उत्सबको रुपमा मनाउने भएकोले विदा दिएको अध्यक्ष  लामाले बताए ।